रेबानले पोखरामा २४औं पोखरा स्ट्रिट फेस्टिबलको आयोजना गर्दै
पाेखरा | पुस ६, २०७९
पोखरा: रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा पोखरामा ५ दिनसम्म पोखरा स्ट्रिट फेस्टिबल मेलाको आयोजना हुने भएको छ ।
रेबानको पोखरा स्थित क्षेत्रिय शाखाले यहीँ आउदो पुस १३ गतेदेखि १७ गतेसम्म २४औं पोखरा स्ट्रिट फेस्टिबल, २०७९ को आयोजना गर्ने भएको हो ।
विगत २३ वर्षदेखि आयोजना हुँदै आएको स्ट्रिट फेस्टिबल यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसर पारेर अयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विशेष गरी कोभिड–१९ पछि सुस्ताएको पोखराको पर्यटन बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गर्न लागिएको रेबानका केन्द्रीय महासचिव एकराज अधिकारीले जानकारी दिए ।
५ दिनसम्म चल्ने फेस्टिबलका अवसरमा वटररवट्रेस् रेस, बोटिङ रेस, टग वार जस्ता खेलका साथसाथै सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गरिने आयोजक रेबानले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

